२८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता दिएको छ ।
आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई शुक्रबार राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरू एकीकरण भएर बनेको उक्त पार्टीलाई आजको निर्णय अनुसार दल दर्ताको प्रमाणपत्र दिइएको आयोगले जनाएको छ ।
विभिन्न १० वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट २० कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।
साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले एकतापछि नेपाली कम्युनिस्ट पार्टी बनाएका थिए । पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4