+

नामिबियाका जेजे स्मिथ पनि लुम्बिनी लायन्समा

२०८२ कात्तिक  २९ गते ९:५७ २०८२ कात्तिक २९ गते ९:५७
नामिबियाका जेजे स्मिथ पनि लुम्बिनी लायन्समा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि नामिबियाका अलराउन्डर जेजे स्मिटलाई अनुबन्ध गरेको छ।
  • स्मिटले नामिबियाका लागि ६७ टी-२०आई खेल्दा ६६ विकेट लिएका छन् र ११८९ रन बनाएका छन्।
  • लुम्बिनीले ५ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ र एनपीएल दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ।

२९ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नामिबियाका अलराउन्डर जेजे स्मिटलाई अनुबन्ध गरेको छ ।

३० वर्षीय स्मिटले दाँयाहाते ब्याटिङ तथा बाँयाहाते मिडियम पेस बलिङ गर्छन् । यसअघि रुबेन ट्रम्पलमन पनि अनुबन्ध गरेको लुम्बिनीले नामिबियाबाट दोस्रो खेलाडी अनुबन्ध गरेको हो ।

स्मिटले नामिबियाका लागि ६७ टी-२०आई खेल्दा ६६ विकेट लिएका छन् । ११८९ रन समेत बनाएका छन् । समग्र टी-२०मा उनले १०४ खेल खेल्दा ९३ विकेट लिएका छन् भने १५०८ रन बनाएका छन् ।

योसँगै लुम्बिनीले ५ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । यसअघि लुम्बिनीले ट्रम्पलमनका अलावा अस्ट्रेलियाका डार्शी शर्ट, इटालीका थोमस ड्राका र अफगानिस्तानका गुल्बादिन नाइबलाई अनुबन्ध गरेको छ ।

प्रशिक्षकमा भारतका टिनु योहान्नानलाई भित्र्याएको लुम्बिनीले मेन्टरमा आईपीएल विजेता भारतीय प्रशिक्षक रोबिन सिंहलाई ल्याएको थियो ।

लुम्बिनी लायन्सले मार्की रोहित पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारीलाई रिटेन गरेको थियो भने दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान र विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।

जेजे स्मिट लुम्बिनी लायन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय