News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक महिला टी-२०आई फर्म्याटमा इमर्जिङ नेसन्स ट्रफी नोभेम्बर २० देखि ३० सम्म बैंकक, थाइल्यान्डमा आयोजना गर्ने भएको छ।
- आठ राष्ट्र थाइल्यान्ड, पपुआ न्यूगिनी, नेदरल्याण्ड्स, यूएई, स्कटल्याण्ड, नामिबिया, तान्जानिया र युगान्डाले उक्त प्रतियोगितामा भाग लिनेछन्।
- आईसीसीका प्रमुख कार्यकारी सञ्चालक गुप्ताले भने, 'उदीयमान राष्ट्रका खेलाडीलाई बढी अवसर दिनु उनीहरूको विकास र टोलीको प्रतिस्पर्धात्मकता बढाउने महत्त्वपूर्ण कदम हो।'
२९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक नयाँ विश्वस्तरीय क्रिकेट प्रतियोगिता आईसीसी महिला इमर्जिङ नेसन्स ट्रफी आयोजना गर्ने भएको छ ।
महिला टी-२०आई फर्म्याटमा हुने यो प्रतियोगिता नोभेम्बर २० देखि ३० सम्म थाइल्यान्डको बैंककमा हुने भएको हो।
आठ राष्ट्र सहभागी हुने यो पहिलो संस्करणमा थाइल्यान्ड, पपुआ न्यूगिनी, नेदरल्याण्ड्स, यूएई, स्कटल्याण्ड, नामिबिया, तान्जानिया र युगान्डा खेल्नेछन्।
आईसीसीका अनुसार भारत र श्रीलंकामा सम्पन्न हालैको महिला एकदिवसीय विश्वकपको ठूलो सफलताले यो नयाँ प्रतियोगिता सुरु गर्ने प्रेरणा दिएको हो।
उक्त विश्वकपमा भारतमै ५० करोडभन्दा बढी दर्शक पुगेका थिए भने ३ लाखभन्दा बढी दर्शकले स्टेडियममै गएर खेल हेरेका थिए। पहिलोचोटि एशियाली टिम भारतले उपाधि जित्दै ऐतिहासिक क्षण बनायो।
आईसीसीले महिला क्रिकेटको भविष्य सुनिश्चित गर्न नयाँ तीन-स्तरीय विकास मार्ग ल्याएको छ, जसअन्तर्गत उदाउँदा राष्ट्रका खेलाडीलाई उच्च स्तरीय प्रतिस्पर्धा दिने लक्ष्य राखिएको छ।
आईसीसीका प्रमुख कार्यकारी सञ्चाेग गुप्ताले भने, ‘उदीयमान राष्ट्रका खेलाडीलाई बढी अवसर दिनु उनीहरूको विकास र टोलीको प्रतिस्पर्धात्मकता बढाउने महत्त्वपूर्ण कदम हो। यसले ती राष्ट्रहरूमा महिला क्रिकेटको दृश्यता बढाउँछ र बालिका/महिलाहरूलाई खेलतर्फ आकर्षित गर्छ।’
उद्घाटनका दिन थाइल्यान्ड र नेदरल्याण्ड्स तथा पपुवा न्यूगिनी र यूएई भिड्नेछन् ।

प्रतिक्रिया 4