+
+
Shares

प्रधानमन्त्रीलाई एमाले सचिवको प्रश्न- अपराधमा संलग्नलाई कारबाही गर्न पर्दैन ?

‘तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको छ ? जनताको प्रश्न छ । त्यो जवाफ दिने सामर्थ्य सम्माननीय सुशील कार्कीसँग हुनुपर्छ कि पर्दैन ? गृहमन्त्रीसँग हुनुपर्छ कि पर्दैन ? यो सरकारसँग हुुनुपर्छ कि पर्दैन ?,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते १७:४५

२९ कात्तिक, काठमाडौं । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।

शनिबार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

‘जसले घुसपैठ गरे । जसले यस खालको गुण्डागर्दी गरे । जसले यस खालको आतंकित गतिविधि गरे । जसले देशको सम्पत्ति, निजी सम्पत्ति, प्रतिष्ठानहरु । यसलाई धरासायी बनाउने काम गरे । अब यो सरकारले त्यो छानबिन गर्न पर्दैन ? ती अपराधीहरूलाई कानूनको दायरामा ल्याउनु पर्दैन ? जेलबाट हजारौ कैदीहरू छुटेका छन्,’ उनले भने ।

सचिव विश्वकर्माले जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिने काम समेत नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना समेत गरे ।

‘तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको छ ? जनताको प्रश्न छ । त्यो जवाफ दिने सामर्थ्य सम्माननीय सुशील कार्कीसँग हुनुपर्छ कि पर्दैन ? गृहमन्त्रीसँग हुनुपर्छ कि पर्दैन ? यो सरकारसँग हुुनुपर्छ कि पर्दैन ?,’ उनले भने ।

सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकिर समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?