+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

संविधानलाई मुर्छित पार्ने काम भएको छ : छविलाल विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १४:०१

३ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अहिलेको संविधानलाई मुर्छित पारिएको टिप्पणी गरेका छन् । साथै, उनले व्यवस्थाका विरोधमा अनेकौं प्रकारबाट चिथोर्न काम भइरहेको उनको भनाइ छ ।

काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले यो संविधानलाई मुर्छित पारिएको छ । व्यवस्थाका विरोधमा अनेकौं प्रकारले चिथोर्ने काम भइरहेका छन् । यस अवस्थामा हाम्रा अध्यक्ष केपी ओलीको साथ नेकपा एमाले सडकमा उभिएको छ,’ उनले भने, ‘हिजोमात्रै असंवैधानिक रुपमा विघटित भएको संसद्का नेताहरू बैठक बसेर कानुनी प्रक्रिया अघि बढाउने सन्दर्भमा निष्कर्षमा पुगेको स्थिति छ ।’

साथै, उनले पार्टी नेतृत्वको विरुद्धमा भइरहेको प्रहार सामना गर्न तम्तयार हुनुपर्ने पनि बताए ।

‘अब हामीले मंसिर ६ गते जनसभाको आयोजना गरेका छौं,’ उनले भने, पार्टी र पार्टी नेतृत्वका विरुद्धमा जसरी प्रहार भइरहेको छ यसको सामना गर्न हामी तम्तयार हुनुपर्नेछ ।’

उनले स्थानीय तहका प्रतिनिधिले पार्टीलाई बलियो बनाउनेगरी तयारी थाल्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?