२९ कात्तिक, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फुटेर सडक जलमग्न भएको छ । सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने बाटोमा पानीको पाइप फुटेको हो ।
पाइप फुटेर अहिले सडक अस्तव्यस्त बन्न पुगेको छ । सडकमा गुडिरहेका सवारी साधन र मान्छेहरू पानी बगेसँगै समस्यामा परेका छन् ।
सो क्षेत्रमा बनाइएको आकाशे पुलको छेउमा खानेपानीको पाइप फुटेको प्रहरीले बताएको छ ।
पानी सिधै खोलामा पुगेकाले जोखिम नरहेको प्रहरीले बताएको छ ।
तस्वीरहरू : पुष्पराज चौलागाईं/अनलाइनखबर






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4