News Summary
Generated by OK AI. Editorially reviewed.- एसएस राजामौलीले आफ्नो नयाँ फिल्मको शीर्षक ‘वाराणसी’ सार्वजनिक गरेका छन् जसमा महेश बाबु, प्रियंका चोपडा जोनस र पृथ्वीराज सुकुमारन छन्।
- फिल्म जनवरी २०२७ मा संक्रान्तिको पर्वमा विश्वभरका सिनेमा घरहरूमा रिलिज हुनेछ र यसको बजेट १३५ मिलियन डलर रहेको छ।
- राजामौलीले महेश बाबुलाई भगवान रामको भूमिकामा देखाउने बताए र फिल्ममा ३० मिनेटको एक्सन दृश्य रहेको खुलासा गरे।
मुम्बई । ‘बाहुबली’ फेम्ड फिल्म निर्देशक एसएस राजामौलीले शनिबार हैदराबादको रामोजी फिल्म सिटीमा आयोजित एक कार्यक्रममा आफ्नो बहुप्रतिक्षित फिल्मको शीर्षक सार्वजनिक गरेका छन् ।
आगामी फिल्मको नाम ‘वाराणसी’ हुनेछ । फिल्ममा शीर्ष भूमिका निर्वाह गर्ने महेश बाबु, प्रियंका चोपडा जोनस र पृथ्वीराज सुकुमारन पनि कार्यक्रममा उपस्थित थिए ।
यो राजामौलीको महेश बाबुसँगको पहिलो फिल्म हो । प्रियंका चोपडा पनि सन् २०२१ को ‘द स्काई इज पिंक’ पछि भारतीय फिल्ममा पुनरागमन गर्दैछिन् । महेश बाबुले सम्पूर्ण देशले यो फिल्ममा गर्व गर्ने बताए ।
फिल्ममा खलनायक कुम्भको भूमिका निर्वाह गर्ने सुकुमारनले यो आफ्नो करियरको सबैभन्दा भावनात्मक र शारीरिक रूपमा चुनौतीपूर्ण भूमिका हुने बताए ।
यो फिल्म जनवरी २०२७ मा संक्रान्तिको पर्वमा विश्वभरका सिनेमा घरहरूमा रिलिज हुनेछ । यसअघि फिल्मको नाम एसएसएमबी २९ हुने हल्ला थियो, तर अब आधिकारिक रूपमा यसको नाम परिवर्तन गरी ’वाराणसी’ राखिएको छ ।
टिजरमा महेश बाबुलाई रगतले लतपतिएको साँढेमा सवार देखाइएको छ र त्यसपछि स्क्रिनमा शीर्षक देखा पर्दछ, जसले सबैको ध्यान खिच्छ ।
यस हप्ताको सुरुमा, प्रियंकाको पहिलो पोस्टर रिलिज भएको थियो, जसमा उनलाई पहेंलो साडीमा बन्दुक समातेर प्रस्तुत गरिएको थियो । उनले यसमा मंदाकिनीको भूमिका निर्वाह गर्नेछिन् ।
राजामौलीका बुबा तथा लेखक विजयेन्द्र प्रसादले फिल्ममा ३० मिनेटको एक्सन दृश्य रहेको खुलासा गरे । फिल्मको संगीत ओस्कर विजेता संगीतकार एम. कीरावानीले लेखेका हुन् ।
फिल्मको बारेमा कुरा गर्दै एसएस राजामौलीले यस फिल्ममा अभिनेता महेश बाबु भगवान रामको भूमिकामा देखिने बताए ।
वाराणसीमा छायांकन गरिएका भागहरूको बारेमा पनि कुरा गरे । फिल्मको छायांकन अहिलेसम्म केन्या, हैदराबाद र ओडिशामा गरिएको ‘हामीले यो दृश्य ६० दिनसम्म छायांकन गर्यौं र हालसालै यसलाई सम्पन्न गर्यौं’ उनले भने, ‘हरेक दिन एउटा चुनौती थियो । प्रत्येक एपिसोड र उप-एपिसोड आफैंमा एउटा चलचित्र जस्तै लाग्थ्यो ।’
फिल्मको बजेटको बारेमा कुरा गर्दै, केन्याली पोर्टल द स्टारको एक रिपोर्टले फिल्मको बजेट १३५ मिलियन डलर (११८८ करोड भारु) रहेको बताएको छ ।
प्रतिक्रिया 4