+
+
Shares

हिमालयन रिइन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते ९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन रिइन्स्योरेन्सको चालु आवको पहिलो त्रैमासिक अवधिमा खुद नाफा ८.६ प्रतिशत बढेर २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
  • कम्पनीको खुद प्रिमियम आम्दानी ९.३ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ भने लगानीवापतको आम्दानी घटेर २३ करोड ३९ लाख रुपैयाँ भएको छ।
  • कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको छ भने बजार मूल्य प्रतिकित्ता ७९०.६० रुपैयाँ छ।

३० कात्तिक, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ८.६ प्रतिशत बढेको छ ।

सार्वजनिक पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा सो दरले बढेको हो । चालु आवको पहिलो त्रैमासिक अवधिमा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा खुद प्रिमियम आम्दानी ९.३ प्रतिशत बढेको छ, जसले नाफा वृद्धिमा टेपा पुर्‍याएको हो । खुद प्रिमियम आम्दानी पहिले ९२ करोड ४४ लाख रुपैयाँ रहेकोमा अहिले १ अर्ब १ करोड रुपैयाँ छ ।

लगानीवापतको आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ३१ करोड २१ लाख रुपैयाँ रहेकोमा अहिले २३ करोड ३९ लाख रुपैयाँ छ । १० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी ९९ करोड ८१ लाख रुपैयाँ छ । त्यस्तै विपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ छ ।

नाफा बढ्दा वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ८.७१ रुपैयाँ रहेकोमा अहिले ९.०५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको छ । हाल बजार मूल्य प्रतिकित्ता ७९०.६० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?