News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा लौकाको भाउ २३ रुपैयाँ घटेर प्रतिकिलो ७७ रुपैयाँ कायम भएको छ।
- घिरौँलाको भाउ प्रतिकिलो १९ रुपैयाँ बढेर १ सय १४ रुपैयाँ पुगेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार र आइतबारको भाउमा घटबढ देखाएको छ।
३० कात्तिक, काठमाडौं । स्थानीय बजारमा लौकाको भाउ घट्दा घिरौँलाको बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समतिको तथ्यांकले यी तरकारीको भाउमा घटबढ देखाएको हो ।
आज आइतबार लौकाको भाउ २३ रुपैयाँ घटेको छ । हिजो शनिबार लौका प्रतिकिलो थोकमा औसत १ सय रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार लौकाको प्रतिकिलो थोक मूल्य ७७ रुपैयाँ कायम छ ।
यस्तै आज घिरौँलाको भाउ बढेको छ । आज घिरौँला प्रतिकिलो १ सय १४ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो शनिबार घिरौँला प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।
हिजो शनिबारको तुलनामा आज आइतबार घिरौँलाको भाउ प्रतिकिलो थोकमा १९ रुपैयाँ बटेको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4