+

सुनमाया बुढा नगदसहित सम्मानित

२०८२ कात्तिक  ३० गते १७:५० २०८२ कात्तिक ३० गते १७:५०
सुनमाया बुढा नगदसहित सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व चर्चित नेपाली अल्ट्रा धाविका सुनमाया बुढा नेपाल एडभेन्चर रनिङ महासंघले नगद ५० हजार र सम्मानपत्रद्वारा सम्मान गरेको छ।
  • सुनमायाले स्पेनमा भएको वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप २०२५ मा महिलातर्फ ८२ किमिमा रजत पदक जितेकी थिइन्।
  • सुनमाया नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा हुने अल्ट्रा ट्रेल १०० किमि रेसमा प्रतिस्पर्धा गर्न आइतबार प्रस्थान गर्नेछिन्।

३० कात्तिक, काठमाडौं । विश्व चर्चित नेपाली अल्ट्रा धाविक सुनमाया बुढा नगदसहित सम्मानित भएकी छिन् ।

नेपाल एडभेन्चर रनिङ महासंघले आइतबार सादोबाटोस्थित महासंघको केन्द्रिय कार्यालयमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।

सुनमायाले केही समयअघि स्पेनमा भएको वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप २०२५ मा ऐतिहासिक रजत जितेकी थिइन् ।

उनले महिलातर्फ लङ डिस्ट्यान्सको ८२ किमीमा रजत जितेकी हुन् । महासंघले सुनमायालाई प्रोत्सहनस्वरुप नगद ५० हजार र सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले सुनमायालाई नगद रकम हस्तान्तरण गरे ।

अध्यक्ष कुँवरले विश्वमै उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा फहराउन सफल सुनमायालाई प्रोत्साहन स्वरुपमा यो सहयोग गरेको र नियम अनुसार सरकारले गर्ने सम्मानका लागि चाडै पहल गर्ने बताए ।

यस्तै महासंघबाट यसरी सम्मान पाउँदा सुनमायाले खुशी व्यक्त गर्दै यस खालको सम्मानले खेलाडीहरुलाई मोटिभेट गर्ने बताइन् ।

सुनमायाले जितेको पदक नेपालबाट कुने पनि खेलाडीले वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा जितेको पहिलो पटक हो । च्याम्पियनसिपमा सुनमायासँगै नेपालबाट सुमन कुलुङ राई, मनकुमार मगर र साङ्गे शेर्पाले सहभागिता जनाएका थिए ।

यस्तै सुनमायाले यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने अल्ट्रा ट्रेल १०० किमि रेसमा प्रतिस्पर्धा गर्दैछन् । उनी आइतबारै त्यसतर्फ प्रस्थान गर्नेछन् ।

महासंघले सुनमायालाई उक्कत रेसमा पनि उत्कृष्ट प्रदर्शन गर्नका लागि शुभकामना व्यक्त गरेको थियो ।

सुनमाया बुढा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय