News Summary
Generated by OK AI. Editorially reviewed.- जगदम्बा मोटर्स प्रालि अन्तर्गतको प्रोटोन ईमासले विराटनगरमा अत्याधुनिक थ्रिएस शोरुमको औपचारिक उद्घाटन गरेको छ।
- शोरुमले पूर्वी नेपालका ग्राहकलाई बिक्री परामर्श, सेवा सुविधा र मूल स्पेयर पार्ट्स उपलब्ध गराउनेछ।
- उद्घाटन समारोहमा नाडा कोशी अध्यक्ष दिल्लीराम आचार्य लगायत स्थानीय सरोकारवाला र सञ्चारकर्मीको उपस्थिति थियो।
३० कात्तिक, काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले विराटनगरमा अत्याधुनिक थ्रिएस शोरुमको औपचारिक उद्घाटन गरेको छ ।
नयाँ शोरुम सञ्चालनले नेपालभरि एकीकृत तथा सुदृढ ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्त्वपूर्ण कदमका रूपमा योगदान पुर्याएको कम्पनीले जनाएको छ ।
ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले विराटनगरका प्रोटोन ईमास ग्राहकलाई देशभरिको समान प्रिमियम मापदण्ड सहित सुविधा उपलब्ध गराएको छ ।
उच्चस्तरीय ग्राहक अनुभवका लागि डिजाइन गरिएको यो अत्याधुनिक सुविधासम्पन्न केन्द्रमा विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षता सहित सेवा सुविधा, मूल स्पेयर पार्ट्स उपलब्धता जस्ता सम्पूर्ण सुविधा एकै ठाउँबाट प्राप्त गर्न सकिन्छ, जसले पूर्वी नेपालका प्रोटोन ईमास ग्राहकलाई अझ भरपर्दो तथा सहज सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहमा मुख्य अतिथिका रूपमा नाडा कोशीका अध्यक्ष दिल्लीराम आचार्य सहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी, विशिष्ट अतिथि तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
कार्यक्रममा गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तर्क्रियात्मक सत्र आयोजना गरिएका थिए, जसले ईभीप्रेमी तथा सम्भावित ग्राहकलाई आकर्षित गरेको कम्पनीको भनाइ छ ।
उद्घाटन समारोहमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, ‘विराटनगर सधैं नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहँदै आएको छ, यो नयाँ थ्रिएस शोरुम मार्फत हामी ग्राहकलाई उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्दै पूर्वी क्षेत्रमा सम्पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याउँदैछौं ।’
विराटनगर शोरुम उद्घाटनले प्रोटोन ईमासको द्रुत विस्तार रणनीति अझ बलियो बनाएको छ, जस अन्तर्गत नेपालका प्रमुख सहरमा प्रिमियम ईभी तथा पेसेवर सेवा पहुँच सुनिश्चित गरिएको छ ।
पूर्वदेखि पश्चिमसम्म आफ्नो उपस्थिति विस्तार गरिरहेको प्रोटोन ईमासले सफा, स्मार्ट र दिगो गतिशीलतालाई नेपाली परिवारले सहजै अपनाउन सकुन् भन्ने लक्ष्यसहित आफ्नो यात्रा निरन्तर अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया 4