+
+
Shares

सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १०:१६

१ मंसिर, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश हुनेसम्बन्धी सूचना निकालेको छ । सूचनाअनुसार आजैदेखि यो लागू हुनेछ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट आइटिएमएस/अनलाइनबाट जारी हुने डिप्लोमा र प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि-डिप्लोमा तहको मूल प्रमाणपत्रमा आजदेखि लागू हुने गरी क्यूआर कोड समावेश गरी प्रमाण पत्र जारी गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?