+
+
Shares

नियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास दिन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १२:०१

१ मंसिर, काठमाडौं ।  सिंहदरबार प्रवेशका लागि नियमित प्रणाली अनुसार पास दिन सुरु गरिएको छ । जेनजी आन्दोलनपछि मुल गेटबाटै पास दिने गरिएको थियो ।

मन्त्रालय र निकाय अनुसार फरक-फरक झ्यालबाट पास दिने गरिएकोमा ती झ्यालसहितका संरचनामा तोडफोड र आगजनी भएपछि पासको काम रोकिएको थियो ।

आवस्यक मर्मतपछि नियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास दिन सुरु गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

‘२६ कात्तिक गतेदेखि नियमित प्रणाली अनुसार सिंहदरवार छिर्न गेट पास दिन सुरु गरिएको हो’, गेट पास दिन बसेका एक सुरक्षा अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?