+
नेपाल प्रिमियर लिग :

पान्चलको ९० रन मद्दतमा कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य

२०८२ मंसिर  २ गते १३:२६ २०८२ मंसिर २ गते १३:२६

ओपनिङ गरेका भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे ।

पान्चलको ९० रन मद्दतमा कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य

२ मंसिर, काठमाडौं । प्रियांक पान्चलको ९० रनको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेकफ कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो ।

ओपनिङ गरेका भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे ।

म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय