+

विराटनगरले बनायो एनपीएलकै सर्वाधिक योगफल

२०८२ मंसिर  २ गते १८:०० २०८२ मंसिर २ गते १८:००
विराटनगरले बनायो एनपीएलकै सर्वाधिक योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर किंग्सले नेपाले प्रिमियर लिग इतिहासकै सर्वाधिक स्कोर २२० रन बनाएर पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ।
  • लोकेश बमले ७२ रन र मार्टिन गप्टिलले ६१ रन बनाएर दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए।
  • विराटनगरले पहिलो संस्करणमा आफैले बनाएको १९३ रनको सर्वाधिक स्कोरको कीर्तिमान तोडेको छ।

२, मंसिर काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा विराटनगर किंग्सले नेपाले प्रिमियर लिग इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको हो ।

एनपीएलमा २०० रन स्कोर गर्ने पहिलो टिम बनेको विराटनगरले यसअघि आफैंले बनाएको सर्वाधिक स्कोरको कीर्तिमानसमेत तोडेको छ । पहिलो संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो ।

विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बल खेल्दै १ चौका र ७ छक्का मद्दतमा ७२ रन बनाए । यस्तै न्युजिल्याण्डका मार्टिन गप्टिलले ३५ बलमा ३चौका र ५ छक्का मद्दतमा ६१ रन जोडे ।

लोकेश र गप्टिलले दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।

यस्तै शुभम रन्जानले १६ बलमा ३ चौका र २ छक्का मदतमा ३८ रन जोडे । बसिर अहमदले २३ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।
बलिङमा पोखराका म्याट टेलरले २ तथा आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय