+
+
Shares

प्रधानमन्त्रीले भोलि १२३ दलसँग चुनावबारे छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग चुनावबारे छलफल गर्न सिंहदरबारमा बैठक बोलाएकी छन्।
  • बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई छलफलका लागि निम्ता गरिएको छ।
  • फागुन २१ को चुनावका लागि दलहरूलाई सहभागी हुन अपिल गर्ने उद्देश्यले उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन्।

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग चुनावबारे छलफल गर्ने भएकी छन् ।

त्यसका लागि बधुबार अपरान्ह ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई निम्ता गरिएको छ ।

फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेकी थिइन् । उनले जेनजीका प्रतिनिधिहरूसँग पनि छुट्टै छलफल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?