३ मंसिर, काठमाडौं । घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादविरुद्ध मुद्दा दायर भएको हो ।
करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अरविन्दप्रकाश साह कानुसँगको मिलोमतोमा प्रअ सञ्जयले मावि तहको विज्ञान विषयको करार शिक्षक नियुक्तिमा प्रश्नपत्र उपलब्ध गराएर नियुक्ति दिलाइदिने प्रलोभन देखाएर घुस लिएको आयोगको आरोप छ ।
दुवै जनामाथि सोही रकम बराबर बिगो दाबी सहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4