+

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

२०८२ मंसिर  ३ गते १९:३५ २०८२ मंसिर ३ गते १९:३५
काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

३ मंसिर, काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो ।

यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन गरे ।

सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भयो ।

काठमान्डुको लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।

बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २-२ विकेट लिए ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय