+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

झापाबाट चुनाव लड्नुस् भन्दैछन्, तर म लड्दिनँ : प्रधानमन्त्री कार्की

‘मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘म चुनाव लड्दिनँ । चुनाव लड्न आएको पनि होइन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते २१:४४

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू चुनाव नलड्ने बताएकी छिन् । बुधबार राजनीतिक दलहरूसँग सिंहदरबारमा भएको छलफलपछि समापन मन्तव्य राख्ने क्रममा उनले आफूलाई झापाबाट चुनाव लड्न भन्ने गरेको भए पनि आफू त्यसतर्फ नलाग्ने प्रष्ट पारिन् ।

‘मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘म चुनाव लड्दिनँ । चुनाव लड्न आएको पनि होइन ।’

उनले आफूहरू चुनाव गराउनै आएको भएकाले चुनापछि यो देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहेको पनि बताइन् ।

‘हामी निर्वाचन गराउनै आएका हौं । हामी चाहन्छौं नयाँ पुस्ताको हातमा जाओस् यो देश । केही भिजन भएको मान्छेले सम्हालिदेओस् यो देश,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

अब निष्पक्ष निर्वाचनमार्फत बिनापैसा, न्यूनतम खर्चमा, उम्मेदवार चयन हुन सकोस् भन्ने अपेक्षा रहेको बताइन् । ‘कम खर्चमा चुनाव लड्न सक्ने वातावरण बनोस् भनेर हामी लागेका छौं,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

देशमा रहेको उकुसमुकुस, भ्रष्टाचार, निराशा, आक्रोश र विष्फोट छताछुल्ल भएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । उनले भनेकी छिन्, ‘अब यसलाई सम्हाल्नुपर्छ । सम्हालिनुपर्छ ।’

उनले आफूहरू गाडी चढ्ने रहरले वा कुनै सुविधा पाउने लोभले नआएका प्रधानमन्त्री कार्कीको भनाइ छ ।

‘खासमा भन्दा म प्रधानमन्त्री हुँ भन्ने अनुभूति पनि छैन । गौरव पनि छैन । देशको यो दुर्गति भएका बेला मुलुक, धर्म र इमान सम्झेर केही बचाउन सकिन्छ कि भनेर आएका हौं । यो समाज बिथोलिएको अवस्थामा केही जोड्न सकिन्छ कि भनेर आएका हौं,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

निर्वाचनको सबैथरी काम सरकारले अघि बढाएको दाबी गर्दै उनले चुनाव हुने कुरामा ढुक्क हुने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?