+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

जेनजी प्रदर्शनपछि वीरगञ्ज फर्कन लागेको बसको ठक्करले स्कुटरचालक गम्भीर घाइते

जेनजी प्रदर्शनको कारण सिमराबाट अगाडि बढ्न नसकेपछि पुन: वीरगन्जतर्फ नै फर्कन लाग्दा मालपोत चोकमा स्कुटरलाई ठक्कर दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १३:२०
मालपोत चोकमा स्कुटरलाई ठक्कर दिएको बस । तस्वीर : सुनील गाउँले ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको सिमरामा जेनजी युवाको प्रदर्शनका कारण फर्किएर वीरगन्ज जान लागेको बसले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन्।
  • इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घाइतेलाई तत्काल उद्धार गरेर वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको बताए।
  • बस वीरगन्जबाट यात्रु लिएर पथलैयातर्फ जान लागेको थियो र सिमरामा जेनजी प्रदर्शनका कारण फर्किँदा मालपोत चोकमा दुर्घटना भएको हो।

४ मंसिर, काठमाडौं । बाराको सिमरामा भइरहेको जेनजी युवाको प्रदर्शनका कारण फर्किएर वीरगञ्ज जान लागेको बसले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ना ६ ख ८४४५ नम्बरको बसले बा ९३ प ३९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

घाइतेलाई तत्काल उद्धार गरेर उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल पठाइएको डीएसपी जोशीले बताए ।

बस वीरगन्जबाट यात्रु लिएर पथलैयातर्फ जान लागेको थियो । जेनजी प्रदर्शनको कारण सिमराबाट अगाडि बढ्न नसकेपछि पुन: वीरगन्जतर्फ नै फर्कन लाग्दा मालपोत चोकमा स्कुटरलाई ठक्कर दिएको हो । सिमरा चोक र मालपोत तोकको दुरी दुई किलोमिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?