+
+
Shares

९ मंसिरमा अनिवार्य अवकाशमा जाँदै मुख्यसचिव अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १०:५१

५ मंसिर, काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरमा अनिवार्य अवकाशमा जाँदैछन् ।

५८ वर्षे उमेरहदका कारण मुख्यसचिव अर्याल यही ९ मंसिरमा अनिवार्य अवकाशमा जानेछन् । अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका हुन् ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

अर्याल अवकासमा जाने भएपछि सरकार अर्को मुख्यसचिव नियुक्तिको तयारीमा छ ।

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?