+
+
Shares

ललितपुरको बालकुमारीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरको बालकुमारीस्थित सडकमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको
छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १२:१२

५ मंसिर, काठमाडौं । ललितपुरको बालकुमारीस्थित सडकमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको
छ ।

ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित सडकमा बागमती प्रदेश ०१-००३ क ५९३१ नम्बरको जिपको ठक्करबाट पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवासको शुक्रबार बिहान मृत्यु भएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?