+
+
Shares

यी हुन् मुख्यसचिवका मुख्य प्रतिस्पर्धीहरू

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बहालवाला मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गते अनिवार्य अवकाशमा जाने भएपछि नयाँ मुख्यसचिव नियुक्तिको तयारी गरिरहेको छ।
  • निजामती सेवा ऐन २०४९ को दफा १९ अनुसार मुख्यसचिव पदमा ज्येष्ठता र कार्यकुशलताको आधारमा सचिवहरूबाट बढुवा गरिन्छ।
  • गोकर्णमणि दुवाडी, सुमनराज अर्याल, प्रमिलादेवी शाक्य बज्राचार्य, मधु सुदन बुर्लाकोटी र कृष्णहरि पुष्कर मुख्यसचिव पदका प्रतिस्पर्धीहरू हुन्।

५ मंसिर, काठमाडौं। सरकार मुख्यसचिव नियुक्तिको तयारीमा छ । बहालवाला मुख्यसचिव एकनारायण अर्याल यही मंसिर ९ गते अनिवार्य अवकाशमा जाँदैछन् । यसकारण सरकार अर्को मुख्यसचिव नियुक्तिको तयारीमा लागेको हो ।

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

बहालवाला सचिवहरूमध्ये गोकर्णमणि दुवाडी अगाडि छन् । उनी हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

त्यसपछि सुमनराज अर्याल छन् । उनी रक्षा सचिव हुन् । अर्यालपछि प्रमिलादेवी शाक्य बज्राचार्य छन् । उनी खानेपानी मन्त्रालयका सचिव छन् ।

मधु सुदन बुर्लाकोटी र कृष्णहरि पुष्कर पनि मुख्यसचिवका प्रतिस्पर्धी हुन् । बुर्लाकोटी प्रमुख तथ्यांक अधिकारी हुन् भने पुष्कर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?