४ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।
आयोगका पदाधिकारीहरू बसेरै अर्यालसँग बयान लिएका हुन् ।
‘हामीले उहाँलाई २३ र २४ गतेको घटनामा केन्द्रित भएर सोध्यौं,’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘२४ गतेपछि सरकारविहीन अवस्था र रिक्ततामा कसरी काम भयो भनेर सोधपुछ केन्द्रित गरेका थियौं ।’
मुख्यसचिव अर्यालसँगको सोधपुछ बिहीबार नै सकिएको आयोगले जनाएको छ ।
अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि आयोगले मुख्यसचिव अर्याललाई पदमै रहेका बेला बोलाएको हो । अर्याल यसैसाता आवकाश हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4