+
+
Shares

जेनजी युवाहरूलाई नजिस्क्याइयोस्– कमन जेनजी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १५:०२

५ मंसिर, काठमाडौं । कमन जेनजी नेपालले जेनजी युवाहरूलाई नजिस्क्याउन आग्रह गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कमन जेनजीले आफूहरूले सुशासन र समृद्धि चाहेको बताए ।

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहका अनुसार सुशासन र समृद्धिका लागि शान्ति र सुव्यवस्था आवश्यक छ । शान्ति र शुव्यवस्थाका लागि सहकार्य र संवाद आवश्यक रहेको भन्दै कमन जेनजी नेपालका साहले जेनजी युवाहरूलाई जिस्क्याउने काम कुनै पनि पक्षबाट हुन नहुने बताए ।

उनले विभिन्न समूहमा विभाजित जेनजी समूहहरूलाई गोलबद्ध र एकीकृत हुन समेत आग्रह गरे ।

‘अब टुटेर होइन, जुटेर अगाडी बढनुपर्ने हुन्छ । हामीलाई बदनाम गर्न खोजिएको छ । हाम्रा साथीहरुलाई पक्राउ गर्ने र आक्रमण गर्ने काम भइरहेको छ,’ उनले भने ।

जेनजी आन्दोलनकै बलमा बनेको सरकारले २३ भदौमा भएको दमनमा संलग्न कारबाहीको दायरामा आउनुपर्ने बताए । साथै २४ भदौमा भएको विध्वसंको जिम्मेवार व्यक्तिहरूलाई पनि कानुनी कठघरामा उभ्याउनुपर्ने अध्यक्ष साहले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?