५ मंसिर, काठमाडौं । बाराको सिमरा घटना साम्य पार्नका लागि स्थानीय प्रशासन र जेनजी अगुवाहरूबीच अहिले छलफल जारी छ ।
पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा दुवै पक्षबीच छलफल चलिरहेको हो ।
बुधबारदेखि तनाव बनेको सिमरा घटना साम्य पार्न छलफल जारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
दुवै पक्षबीच छलफल जारी रहेको समयमा जेनजीका अगुवा सुदन गुरुङ पनि सहभागी भएका छन् ।
छलफलमा सहभागी भएका उनले जेनजीमाथि कुटपिट गर्ने एमालेका कार्यकर्ता समात्न आन्दोलन नै गर्नुपर्ने अवस्था किन आयो भनेर प्रशासनसँग प्रश्न गरेका छन् ।

छलफलमा दुवै पक्षले आ-आफ्नो धारणा राखिरहेका छन् ।
जेनजीहरूको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र अर्का एक स्थानीय एमालेका युवा नेता छन् ।
बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त छ ।
कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभरि नै वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4