+

ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

२०८२ मंसिर  ७ गते १४:०३ २०८२ मंसिर ७ गते १४:०३
ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएर उपविजेतामै सीमित भयो।
  • नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्‍यो, फुला सरेनले अविजित ४४ र करुना कुमारीले ४२ रन बनाइन्।
  • नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

७ मंसिर, काठमाडौं । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेतामै सीमित भएको छ ।

आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्‍यो ।

भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन बनाइन् ।

त्यसअघि श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको थियो ।

नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ रन बनाइन् ।

नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको थियो ।

यसअघि लिग चरणको खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।

ब्लाइन्ड महिला टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय