७ मंसिर, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने करिब ४० वर्षीया सिता थापा हराएको १० दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नगरी घरबाट हिँडेकी थापा खोजतलास क्रममा नभेटिएपछि मंसिर ४ गते प्रहरीमा जानकारी गराइएको थियो ।
धुर्कोट गाउँपालिका–५ कुम्ला बनडाँडास्थित मुक्तिनाथ भण्डारीको ढुंगा माटोले छाएको खाली घरमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, घटनास्थललाई सुरक्षित गरेर थप अनुसन्धान अघि बढाइएको छ ।
मृतकको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4