+
+
Shares

कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १५:२०

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘आज हामीले गएर निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौं,’ पौडेलले अनलाइनखबरसँग भने ।

राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि प्रक्रिया पूरा गरिएको उनले बताए ।

कांग्रेसले हिजोमात्रै आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?