+

एजेको ह्याट्रिकमा आर्सनलको शानदार जित, शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता

२०८२ मंसिर  ८ गते ९:१६ २०८२ मंसिर ८ गते ९:१६
एजेको ह्याट्रिकमा आर्सनलको शानदार जित, शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एबेरेची एजेले ह्‍याट्रिक गरेपछि आर्सनलले घरेलु मैदानमा टोटनहाममाथि ४-१ गोलअन्तरले जित हासिल गरेको छ।
  • आर्सनलका लागि ट्रोसार्डले एक गोल गरे भने टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरेका थिए।
  • जितपछि आर्सनलले १२ खेलमा २९ अंकसहित शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ।

८ मंसिर, काठमाडौं । एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो ।

एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे ।

खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा एजेले गोल गरेपछि आर्सनल पहिलो हाफमा २-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ४६औं मिनेटमा एजेले व्यक्तिगत दोस्रो गोल गरे भने ७६औं मिनेटमा फेरि गोल गर्दै ह्‍याट्रिक पूरा गरे । त्यसअघि रिचार्लिसनले ५५औं मिनेटमा गोल फर्काएका थिए ।

जितपछि आर्सनलले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । आर्सनलको १२ खेलमा २९ अंक छ भने दोस्रो स्थानको चेल्सीको समान खेलमा २३ अंक छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग टोटनहाम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय