+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

रास्वपाको मुस्ताङ जिल्ला समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते ११:३७

८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार गरेको छ । कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो ।

भेलाबाट उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासाङ डोल्मा गुरुङ, कोषाध्यक्षमा शंकर गुरुङ चयन भएका छन् । यसैगरी सदस्यहरुमा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरि प्रसाद थकाली छन् ।

भेलाले जिल्लाको संगठन विभागको संयोजक सन्तोष गुरुङ र उपसंयोजक प्रेम पौडेललाई तोकेको छ ।

साथै, र्‍यापिड एक्सन टीम (आरएटी)को नेतृत्व पनि चयन गरिएको छ । र्‍यापिड एक्सन टीमको संयोजक महेन्द्र गुरुङ र उपसंयोजक आशिक गुरुङ छन् ।

रास्वपा गठन भएको ४० महिनापछि मनाङमा पार्टी संरचना बनेको हो । आइतबार भएको पहिलो जिल्ला भेलाका लागि केन्द्रबाट कार्यवाहक सभापति अर्याल सहित नेताहरु शंकर श्रेष्ठ र साजन शर्मा मनाङ पुगेका थिए ।

रास्वपाको कमिटी गठन हुन बाँकी अब मनाङ र डोल्पा जिल्ला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?