७ मंसिर, काठमाडौं । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ ।
यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।
सोमबार आयोग पुगेर सुनार सहितका नेताहरूले दल दर्ताको प्रमाणपत्र लिएका हुन् । हाम्रो पार्टी नेपालको दर्ता नम्बर २१६ रहेको छ ।
हाम्रो पार्टी नेपालले चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4