News Summary
Generated by OK AI. Editorially reviewed.- दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालिले एनपीएलमा शतक प्रहार गर्ने खेलाडीलाई एक लाख र अर्धशतक प्रहार गर्ने खेलाडीलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ।
- लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले पुरस्कारले खेलाडीको हौसला बढ्ने र सम्मान हुने विश्वास व्यक्त गर्नुभयो।
- लुम्बिनी लायन्सले एनपीएल दोस्रो संस्करणमा दुई खेल खेल्दा एक जित र एक हार व्यहोरेको छ।
८ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका खेलाडीले शतक र अर्धशतक प्रहार गरेमा दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालीले नगद पुरस्कार दिने घोषणा गरेको छ।
दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालिको सेन्चुरीले एनपीएलमा शतक प्रहार गरेमा खेलाडीलाई एक लाख र अर्धशतक प्रहार गरेमा ५० हजार प्रदान गर्नेछ।
दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालीको उत्पादन सेन्चुरी एनपीएलमा लुम्बिनी लायन्सको प्रायोजक समेत हो।
नेपाली क्रिकेटको विकासका लागि र खेलाडीहरुको मनोबल बढाउनका लागि यो सहयोग गर्न लागेको दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालीको म्यानेजिङ डिरेक्टर आदित्य दुगडले जानकारी दिए ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भने, ‘यो पुरस्कारले हाम्रो खेलाडीलाई अझ हौसला बढाउनेछ र एउटा सम्मान पनि हुने विश्वास लिएका छौँ । यसका लागि हामी हाम्रो प्रायोजकलाई धेरै धन्यवाद दिन चाहन्छौँ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा दुई खेल खेल्दा मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा चितवन राइनोजलाई हराएर विजयी सुरुवात गरेको लुम्बिनीले दोस्रो खेलमा कर्णाली याक्ससँग हार व्यहोरेको थियो।
युवा खेलाडीहरुलाई अवसर दिँदै आएको लुम्बिनीले दोस्रो संस्करणको पहिलो खेलदेखि नै ट्यालेन्ट हन्टबाट आएका लोकल आइकोनिक प्लेखर समिर अली मुसलमानलाई खेलाएको थियो। यस्तै पहिलो संस्करणमा लुम्बिनी लायन्सले युवा स्पीनर अभिशेष गौतमलाई मौका दिएको थियो ।
लुम्बिनी लायन्स टिम:
लुम्बिनी लायन्स टिम : रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, समिर अली, डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल
प्रतिक्रिया 4