News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा २०२६ फेब्रुअरी ११ देखि १४ सम्म सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुनेछ।
- रिसर्च एण्ड इनोभेसन सेन्टर नेपाल र नेपाल इन्जिनियरिङ कलेजले आईईईई नेपाल च्याप्टर र फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरको प्राविधिक प्रायोजनमा सम्मेलन गर्नेछन्।
- सम्मेलनले नेपाली शैक्षिक संस्थाहरूमा अनुसन्धान संस्कृति विकास गरी विश्व वैज्ञानिक समुदायमा योगदान पुर्याउने उद्देश्य राखेको छ।
८ मंसिर, काठमाडौं । काठमाडौंमा सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
रिसर्च एण्ड इनोभेसन सेन्टर नेपाल र नेपाल इन्जिनियरिङ कलेजले आईईईई (नेपाल च्याप्टर) र आईईईई फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरको प्राविधिक प्रायोजनमा सम्मेलन गर्न लागेको हो ।
आईसीटीपी शृङ्खलाको यो पहिलो सम्मेलन नेपालको वैज्ञानिक तथा शैक्षिक क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने आयोजकको भनाइ छ ।
सम्मेलनको मुख्य उद्देश्य नेपालभित्र प्राज्ञिक सम्मेलन र प्रकाशनको गुणस्तरमा वृद्धि गर्नु, नेपाली शैक्षिक संस्थाहरूमा बलियो अनुसन्धान संस्कृति विकास गर्नु र विश्वव्यापी वैज्ञानिक समुदायमा अर्थपूर्ण योगदान पुर्याउनु रहेको छ ।
यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनाम लगायतका देशहरूका विशिष्ट प्राध्यापक तथा अनुसन्धानकर्ताले मुख्य वक्ताको रूपमा सहभागिता जनाउनेछन् ।
सम्मेलन २०२६ फेब्रुअरी ११ देखि १४ सम्म काठमाडौंको होटल हायात सेन्ट्रिक मा आयोजना हुनेछ । सुधारिएको दिगो प्राविधिक विकासलाई अगाडि बढाउने ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा नेपालका प्रमुख विश्वविद्यालयहरू, इन्जिनियरिङ कलेजहरू, विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्य धेरै संस्था लगायतबाट अनुसन्धानकर्ताको सहभागिता रहेनछ ।
प्रतिक्रिया 4