+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
१२ बलमा २८ रन आवश्यक
लुम्बिनी लायन्स 2025
130/9 (17.6)
Shares

राष्ट्र बचाउने जिम्मेवारी सबैको हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १७:४३

९ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

मुस्लिम समुदायसँग नेपाली कम्युनिस्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका हुन् ।

गत २३ र २४ भदौको आन्दोलनपछि देशमा अफ्ठ्यारो स्थिति आइरहेको उनको भनाइ छ ।

२४ भदौको विध्वंसपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्न चिह्न खडा भएको उनले बताए ।

राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल भएको उनको भनाइ छ ।

‘अहिले देश बडो अफ्ठ्यारो स्थितिमा छ । तपाईंहरूले पनि महसुस गर्नुभएको होला । २४ भदौको विध्वंसपछि सिंगै नेपाली कम्युनिटीको आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्न चिह्न खडा भएको छ । यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल हो राष्ट्र । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।’

कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले देशलाई जोगाउन सबैले प्रयास गर्न जरुरी रहेको बताए ।

विभिन्न समयमा भिडलाई उत्तेजक बनाउने तत्वहरू सक्रिय रहेको भन्दै त्यसबाट जोगिनुपर्ने बताए । सबैभन्दा पहिला नेपाली हौं भन्ने भावना जागरुक गर्न जरुरी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?