+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
४३ बलमा ७५ रन आवश्यक
लुम्बिनी लायन्स 2025
83/7 (12.5)
Shares

होन्डाको ‘अल न्यु सीआरभी’ नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याकार ट्रेडिङले नेपालमा होन्डाको नयाँ एसयूभी 'अल न्यु सीआरभी'को बिक्री वितरण सुरु गरेको छ।
  • यो गाडीमा १.५ लिटर पेट्रोल टर्बो इन्जिन, १० थान एयर ब्याग र अडास लेभल २ सुरक्षा प्रणाली जडान गरिएको छ।
  • गाडीमा १०.२ इन्चको टीएफटी टच डिस्प्ले, १२ वटा बोस प्रिमियम स्पिकर्स र पानोरामिक सनरुफ उपलब्ध छन्।

९ मंसिर, काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले नेपाली बजारमा ‘अल न्यु सीआरभी’को बिक्री वितरण थालेको छ ।

यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सको उत्कृष्ट संयोजन गरिएको कम्पनीको दाबी छ । यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ ।

‘गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको छ, जसमा वेलकम सिट, फुल एलइडी लाइट र पानोरामिक सनरुफ समावेश छन्’ स्याकर ट्रेडिङले भनेको छ ‘चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ ।’

यसमा १० थान एयर ब्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउने कम्पनीले जनाएको छ । यस गाडीमा २१० एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । १०.२ इन्चको टीएफटी टच डिस्प्ले, चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स यस गाडीमा उपलब्ध छ ।

सुरक्षाको हिसाबले पनि गाडी अब्बल रहेको कम्पनीको भनाइ छ । यसमा अडास लेभल २ जडान गरिएको छ । ‘७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ’ कम्पनीले भनेको छ ‘यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा पर्फेक्ट राइडका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।’

कम्पनीका अनुसार होन्डा अल न्यु सीआरभी चार आकर्षक रङ ब्ल्याक, ह्वाइट, ब्लु र सिल्भरमा उपलब्ध छ । यो प्रिमियम गाडीको अनुभव लिन र ‘टेस्ट राइड’गर्न चाहनेले धोबिघाटस्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?