+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

त्रिविको सभा आज, नीति तथा कार्यक्रम पेस हुने

आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १०:०६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ ।  प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने छ ।

आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिएका थिए । त्यसपछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड  ५७ लाख २१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

तर आजको सभामा नीति तथा कार्यक्रम पेस हुने त्रिवि उपकुलपति दीपक अर्यालले बताए । ‘आज नीति तथा कार्यक्रम सभामा पेस हुन्छ,’ उपकुलपति अर्यालले भने ।

सभा ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री भएपछि कार्कीले पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?