+
+
Shares

त्रिवि सभामा विद्यार्थी प्रतिनिधित्व विधिवत नभएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोविन्द कोइरालाले त्रिभुवन विश्वविद्यालयको विद्यार्थी प्रतिनिधि चयन प्रक्रियामा गम्भीर अनियमितता औंल्याए।
  • उहाँले विधि, पारदर्शिता र लोकतान्त्रिक मूल्यको अभाव भएको बताए र कानुनी प्रक्रिया अवलम्बन गर्न आग्रह गर्नुभयो।
  • उनले पूर्ण खुला प्रतिस्पर्धा र विधिवत प्रणालीको आवश्यकता औंल्याउँदै अन्यथा कानुनी कदम चाल्ने चेतावनी दिए।

१३ असार, काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति गोविन्द कोइरालाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विभिन्न निकायमा हुने विद्यार्थी प्रतिनिधित्व चयन प्रक्रिया गलत रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

विद्यार्थी प्रतिनिधित्वको चयनमा विधि, पारदर्शिता र लोकतान्त्रिक मूल्यको गम्भीर अभाव रहेको भन्दै कोइरालाले त्रिविका कुलपति तथा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका हुन् ।

उनकाअनुसार त्रिवि ऐन २०४९ मा विश्वविद्यालय सभामा दुईजना स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको सहभागिता सुनिश्चित गरिएको छ । तर, कुन आधारमा र कसरी प्रतिनिधि चयन गरिन्छ भन्नेमा स्पष्ट कानुनी प्रक्रिया छैन ।

‘देशभरका त्रिवि अन्तर्गतका क्याम्पसहरूमा निर्वाचित भएका सभापतिहरूमध्ये कसले प्रतिनिधित्व गर्ने भन्ने निर्णय स्वेच्छाचारी रूपमा हुने गरेको छ,’ कोइरालाले भने, ‘यसले निर्वाचित सभापतिहरूको समान हक र अधिकारमाथि ठेस पुगेको छ ।’

कोइरालाले खुला प्रतिस्पर्धा वा कुनै विधिवत निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुनुपर्नेमा हालसम्म कुनै निश्चित मापदण्ड अवलम्बन नगरिएको बताए । विद्यार्थी कल्याण परिषदमा हुने प्रतिनिधित्वसमेत यस्तै अनियमित प्रक्रियाबाट भइरहेको उनको भनाइ छ ।

यसै विषयमा त्रिचन्द्र स्ववियु कार्यसमितिले २०८२ असार २ गते त्रिवि सूचना महाशाखामा जानकारी माग गरेको तर कुनै उत्तर प्राप्त नभएको उनले बताए ।

कोइरालाले भने, ‘विद्यार्थीको भविष्य निर्धारण गर्ने त्रिवि सभाजस्तो संवेदनशील निकायमा विधि र पारदर्शिता नअपनाइनु गैरजिम्मेवार हो ।’ उनले प्रतिनिधित्व प्रक्रिया पूर्ण रूपमा खुला प्रतिस्पर्धा वा विधिवत प्रणालीबाट मात्र गर्न आग्रह गरेका छन् । अन्यथा, कानुनी तथा अदालती बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?