+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
54/3 (9.4)
Shares

पर्यटकलाई लुटपाट गरेको आरोपमा ठमेलबाट १३ जना पक्राउ

प्रहरीले पर्यटकहरूलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा  १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं प्रहरीले पर्यटकलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा काभ्रे, बाजुरा, तनहुँ, सिन्धुली, सर्लाही, सुनसरी, दोलखा, रामेछाप, गोरखा, बाँके र दाङका विभिन्न जिल्लाका युवाहरू छन्।
  • उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१० मंसिर, काठमाडौं। प्रहरीले पर्यटकहरूलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा  १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर-५का १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका-४ का २२ वर्षीय गणेशनाथ, तनहुँ बन्दिपुर-३का २४ वर्षीय विशाल थापा मगर,
सिन्धुलीको दुधौली-६ का २० वर्षीय गणेश तामाङ र सर्लाहीको बाग्मती-२ का १९ वर्षीय सागर मगर, सुनसरी इटहरी २१ का २२ वर्षीय रमेश क्षेत्री रहेका छन् ।

यस्तै दोलखाको गौरीशंकर-२ का १९वर्षीय विशाल नेपाली, रामेछाप बाम्तेभण्डरका २१ वर्षीय मिलन नेपाली, गोरखाका २२ वर्षीय बिवश खनखवास, बाँके नेपालगञ्जका २३ वर्षीय अभिषेक थापा, काभ्रेपलान्चोक रोशीका २२ वर्षीय संजय लामा, दाङ घोराहीका २० वर्षीया प्रतिमा डाँगी र दाङ घोराहीकै २१ वर्षीया प्रमिला पुन मगरलाई प्रहरीले ठमलेबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा काठमाडौं प्रशासन कार्यालयबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?