+

लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

२०८२ मंसिर  ११ गते १३:२७ २०८२ मंसिर ११ गते १३:२७

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो ।

लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

११ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । यस्तै दिलिप नाथले ३१ रन जोडे । ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंले ३-३ तथा हेम्नत धामीले २ विकेट लिए ।

अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित हुँदै ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।

दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।

एनपीएल लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय