News Summary
Generated by OK AI. Editorially reviewed.- डा. सुबोध कुमार पोखरेलको आधुनिक गीति एल्बम ‘परेली’ सोमबार काठमाडौँमा वरिष्ठ अभिनेता नीरविक्रम शाहले विमोचन गरे।
- एल्बममा ६ वटा गीत छन् जसमा शीर्ष गीतमा डा. पोखरेलको गीत, दिपक शर्माको संगीत र शिव परियारको स्वर रहेको छ।
- विमोचन कार्यक्रममा नीरविक्रम शाहले डा. पोखरेललाई सृजनशील कलम नरोक्न आग्रह गरे र गीतकारको पुनरागमनको शुभकामना दिए।
काठमाडौँ। गीतकार तथा निर्देशक डा. सुबोध कुमार पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन गरिएको छ ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा संविधान सभा सदस्य समेत रहेका पोखरेलको आधुनिक गीति एल्बमको वरिष्ठ अभिनेता नीरविक्रम शाहले विमोचन गरे । एल्बममा ६ वटा गीत समाबेश छन्।
एल्बमको शिर्ष गीतमा डा. पोखरेलको गीत, दिपक शर्माको संगीत र शिव परियारको स्वर रहेको छ । भिडियोमा बद्री प्रसाद तिवारी र रिस्ता बस्नेत फिचर्ड छन्।
डा. पोखरेलको निर्देशन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन्। माता मनकामना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गीतलाई निरु पोखरेलले प्रस्तुत गरेका हुन्।
‘परेली’एल्बममा समाबेश ‘भगाएर लाने भए’बोलको गीत केही दिन अघि डिजिटल बजारमा सार्वजनिक गरिसकिएको छ । रचना रिमालको स्वर रेकर्ड उक्त गीतले १० लाख प्लस भ्यूज पाइसकेको छ।
विमोचन कार्यक्रममा नीरविक्रम शाहले गीत बाँच्नलाई गीतकार बाँच्न आवश्यक रहेकाले सृजनशील कलम नरोक्न डा. सुबोधलाई आग्रह गरे । शाहले जीवनका विभिन्न समयमा डा. पोखरेलले आफूलाई फरक फरक भूमिकामा अब्बल सावित गरेको बताए।
उनले भने, ‘डा.पोखरेललाई कहिले टेलिभिजनकर्मी रुपमा देखेँ, कहिले फिल्म निर्माता तथा निर्देशक, लेखकको रुपमा चिन्न पाए । कहिले यौन चिकित्सकको रुपमा पनि चिन्न पाएँ । आगामी दिनमा पनि कलम नरोकियोस्, शुभकामना व्यक्त गर्दछु।’
पत्रकार टिकाराम यात्रीले ‘परेली’एल्बम संगीत क्षेत्रको पानीढलो बन्न सकोस् भन्ने शुभकामना दिए । रंग पत्रकार प्रकाश सुवेदीले ‘परेली’गीत सुन्दा हेर्दा आँखालाई शितल र मनमा आनन्द मिलेको प्रतिक्रिया दिए। उनले भने, ‘मरेर गएपनि जिवित हुने कृति तयार भएको रहेछ । म चाहन्छु, गीतकार डा. सबोधलाई चलचित्रमा पनि पुनरागमन भएको हेर्न पाऊँ।’
गायक शिव परियारले भने, ‘डा. सुबोधको असाध्यै राम्रो शब्द गाउन पाएकोमा खुसी छु । गीत सफलताको शुभकामना व्यक्त गर्दछु ।’ गायक परियारले भाइरल ट्रेनमा आफू कहिल्यै हिड्न नचाहेको बताए।
गीतकार तथा निर्देशक डा. पोखरेलले गीत निर्माणको क्रममा भएको सहकार्यलाई जीवनकै अवस्मिरणीय पल सम्झेका छन् । सो अवसरमा संगीतकार शर्माले परेलीले सांगीतिक क्षेत्रमा एक अमिट छाप छोड्न सक्ने विश्वास व्यक्त गरे। गीतलाई ओएसआर डिजिटल मार्फत डिजिटलाइजेशन गरिएको छ ।
प्रतिक्रिया 4