News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग १-१ गोलको बराबरी खेलेको छ।
- खेलको ४५औं मिनेटमा एजेडिन ओनाहीले गिरोनालाई अग्रता दिलाएका थिए भने ६७औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत बराबरी गोल गरे।
- रियल मड्रिड १४ खेलमा ३३ अंकसहित दोस्रो स्थानमा छ भने बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा छ।
१५ मंसिर, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग बराबरी खेलेको छ । गिरोनाको घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
खेलको ४५औं मिनेटमा एजेडिन ओनाहीले गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलमा त्यसपछि कुनै गोल भएनन् । बराबरीपछि रियल १४ खेलमा ३३ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको समान खेलमा ३४ अंक छ ।
अघिल्लो दिन भएको खेलमा बार्सिलोनाले अलाभेसलाई हराउँदै शीर्षस्थानमा उक्लिएको थियो। रियलको बराबरीपछि बार्सिलोना कम्तीमा यो सातालाई शीर्षमा कायमै रहनेछ।
प्रतिक्रिया 4