+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

बनेपाको तीनदोबाटो–पुलबजार सडकखण्ड विस्तारको विवाद समाधान, काम सुरु गर्ने तयारी

कपिल कोइराला कपिल कोइराला
२०८२ मंसिर १५ गते ११:४०

१५ मंसिर, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत बनेपा तीनदोबाटोदेखि पुलबजारसम्मको सडक विस्तारमा देखिएको विवाद समाधान भएको छ । विवाद समाधान भएसँगै सडक विस्तारको काम सञ्चालन हुने छ ।

डिजिटल नापी नक्सालाई आधार बनाएर सडक सिमाना कायम गरी रेखांकन गर्ने सहमति भएपछि रोकिएको काम सञ्चालन हुने भएको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले जानकारी दिए ।

पटक–पटक सडक डिजाइन, सर्भिस लेन, पुलको उचाइ तथा केन्द्र भाग पहिचानबारे सुधारको सुझाव दिए पनि आयोजनाले अवहेलना गर्दै निर्माण अघि बढाउन खोजेको भन्दै स्थानीय असन्तुष्ट बनेका थिए । विवाद गहिरिँदै जाँदा सडक विस्तारसम्बन्धी काम झन्डै एक वर्षदेखि अवरुद्ध थियो ।

विवाद समाधान भएको घोषणा आइतबार बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले गरे । आइतबार नगरपालिकामा पीडित पक्ष, सडक निर्माण कम्पनी र नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतबिच काम सञ्चालन गर्ने सहमति भएको छ । अब कामले निरन्तरता पाउने बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए ।

कार्यक्रममा सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतो, बनेपा नगर प्रमुख शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रशासनिक प्रमुख पोषण लामिछाने, विभिन्न वडाध्यक्ष, स्थानीय सरोकारवाला, काभ्रे उद्योग वाणिज्य संघका पदाधिकारी, नापी कार्यालयका जयराम तामाङ तथा निर्माण कम्पनीका इञ्जिनियर लगायत सहभागी थिए ।

सूर्यविनायक–धुलिखेल सडकखण्ड स्तरोन्नतिअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तारको समयसीमा सकिन तीन हप्ता बाँकी छ । तीन वर्षमा सम्पन्न गर्ने गरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म पहिलो खण्ड साँगा–धुलिखेल आठ किलोमिटर सडक विस्तार गर्न चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा २०७९ मंसिर २७ गते सम्झौता भएको थियो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?