News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा दिनुपर्ने ब्याजमा १ प्रतिशतको अन्तर हटाएको छ।
- यसअघि बैंकिङ प्रणालीमा न्यून तरलता हुँदा व्यक्तिगत मुद्दती निक्षेपलाई प्रोत्साहन गर्न संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा १ प्रतिशत कम हुनुपर्ने व्यवस्था थियो।
१५ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा दिनुपर्ने ब्याजमा १ प्रतिशतको अन्तरलाई हटाइएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ’ समीक्षामा भनिएको छ ।
यसअघि बैंकिङ प्रणालीमा न्यून तरलता रहेका बेला व्यक्तिगत मुद्दती निक्षेपलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा १ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया 4