+
+
Shares

बेनिशा हमालले ल्याइन् आफू निर्देशित छोटो फिल्म ‘मिसिङ ब्राइड’

एक अपार्टमेन्टको रहस्यमय कथावस्तुमा बनेको यो १३ मिनेट लामो सर्ट मूभीमा हामीले वर्षा राउत, विवेकसिंह ठकुरी, लक्ष्मणप्रसाद अधिकारी र कोमल शेरचनलाई देख्छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेनिशा हमालले लेखन, निर्देशन र निर्माण गरेको छोटो फिल्म 'मिसिङ ब्राइड' सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्।
  • 'मिसिङ ब्राइड' नामक १३ मिनेट लामो फिल्ममा वर्षा राउत, विवेकसिंह ठकुरी, लक्ष्मणप्रसाद अधिकारी र कोमल शेरचनले अभिनय गरेका छन्।
  • बेनिशाले तीन वर्षअघि बनाएको यो फिल्म आज दर्शकमाझ ल्याउन पाउँदा खुशी लागेको र सबै सहयोगीलाई धन्यवाद दिएकी छिन्।

काठमाडौं । अभिनय मात्र होइन, फिल्मका अन्य विधामा पनि बेनिशा हमालको सक्रियता लोभलाग्दो देखिन्छ ।

उनी कार्यकारी निर्मात्री रहेको फिल्म ‘द ब्लू लाइट’ को प्रदर्शन १० पुसदेखि हलहरूमा हुँदैछ । यसबीच, उनले आफू लिखित र निर्देशित छोटो फिल्म ‘मिसिङ ब्राइड’ दर्शकमाझ ल्याएकी छन् ।

एक अपार्टमेन्टको रहस्यमय कथावस्तुमा बनेको यो १३ मिनेट लामो सर्ट मूभीमा हामीले वर्षा राउत, विवेकसिंह ठकुरी, लक्ष्मणप्रसाद अधिकारी र कोमल शेरचनलाई देख्छौं ।

लेखन, निर्माण र निर्देशन सबै विधामा आफ्नो पहिलो अनुभव रहेको उल्लेख गर्दै बेनिशाले सामाजिक सञ्जालमार्फत उक्त छोटो फिल्मको लिंक सेयर गरेकी छिन् ।

बेनिशा लेख्छिन्, ‘लेखन, निर्देशन र निर्माण सबैमा मेरो पहिलो अनुभव । तीन वर्ष अघि बनाएको काम आज साझा गर्न ढिलो भएपनि, यसलाई तपाईंहरूसामु ल्याउन पाउँदा धेरै खुशी छु । यो यात्रा साँच्चै नै सुन्दर र सिकाइले भरिएको रह्यो । यसमा साथ दिनु हुने सबै कलाकार, टेक्निकल टिम र यो समयभरि मलाई हौसला र साथ दिनेसाथीहरू सबैलाई मनदेखि धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?