+
+
Shares

नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले एक पटकमा ५ लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री अनिवार्य वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने सीमा तोकेको छ।
  • मन्त्रिपरिषद् बैठकले सोमबार नगद कारोबारको सीमा १० लाखबाट घटाएर ५ लाख रुपैयाँ बनाउने निर्णय गरेको छ।
  • सरकारले औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि नगद कारोबारको सीमा तोक्ने गरेको छ।

१५ मंसिर, काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको छ।

यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो । औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?