News Summary
Generated by OK AI. Editorially reviewed.- पहिलोपटक आयोजना हुन लागेको साफ क्लब महिला च्याम्पियनसिप फुटबल मंसिर १९ देखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुनेछ।
- प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र पाकिस्तानका पाँच च्याम्पियन क्लबले प्रतिस्पर्धा गर्नेछन्।
- विजेताले १० हजार अमेरिकी डलर पुरस्कार पाउने र सबै खेलहरु हिमालय टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछन्।
१५ मंसिर, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको साफ क्लब महिला च्याम्पियनसिप फुटबल यही मंसिर १९ गतेदेखि काठमाडौंमा सुरु हुनेछ । जसमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्नेछन् ।
मंसिर १९ देखि पुष २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने यस प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको खेलहरू सिंगल राउण्ड रोविनका आधारमा हुनेछ ।
साफ क्लब महिला च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर पाउने सोमबार सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फा महासचिव किरण राईले जानकारी दिए । यस्तै उपविजेताले ५ हजार अमेरिकी डलर र बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि एन्फाले तयारी तीव्र गतिमा गरिरहेको र सहभागी टोलीहरू डिसेम्बर ३ सम्म काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ ।
सहभागी टिमलाई प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा व्यवस्था गरिएको छ ।
प्रतियोगिताको लागि एन्फाले दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ ।
एन्फाले प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकारी सुश्री मिडियालाई प्रदान गरेको थियो । यस्तै प्रतियोगिताको मुख्य प्रायोजकमा वात्सल्या न्याचुरल आइभिएफ रहेको छ ।
प्रतियोगिताको सबै खेलहरू हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
प्रतियोगिताको लागि अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको एन्फा महासचिव राईले जानकारी दिए ।
प्रतियोगिताको पहिलो खेल डिसेम्बर ५ मा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट लेडिज एफसबीच हुनेछ । यस्तै पहिलो दिनै घरेलु टोली एपीएफ क्लबले नसरिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशी क्लब नसरिनले नेपाली खेलाडीहरू पनि अनुबन्ध गरेको छ ।
खेलतालिका :

प्रतिक्रिया 4