News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा आज जनकपुर बोल्ट्स र चितवन राईनोज तथा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुँदैछ।
- जनकपुरले आजको खेलमा पराजित भए लिग चरणबाटै बाहिरिनेछ भने चितवनले जित हात पार्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्य राखेको छ।
- सञ्जय गुरुङले एनपीएलले नेपाली क्रिकेटमा ठूलो माहोल बनाएको र विश्व स्तरमा चर्चा फैलिएको बताए र नेपाली खेलाडीको प्रदर्शन सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।
१६ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज दुई खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र चितवन राईनोज तथा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुँदैछ ।
जनकपुर र चितवनबीचको पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ । डिफन्डिङ च्याम्पियन जनकपुर यश सिजन खराब लयमा छ र खेलेको चारवटै खेलमा पराजित भएको छ ।
एक मात्र जितविहीन टोलीको रुममा रहेको जनकपुरलाई आज प्रतिष्ठा जोगाउने चुनाैती छ । आजको खेलमा पराजित भएमा जनकपुर लिग चरणबाटै बाहिरिनेछ ।
उता चितवन ४ खेलबाट ४ अंकसहित चाैथो स्थानमा छ र आज जित हात पार्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।
यस्तै पोखरा र कर्णालीबीचको खेल अपरान्ह ४ बजे सुरु हुनेछ । पोखरा र कर्णाली दुवैको समान २ अंक छ । तर कर्णालीले ५ खेल खेलिसकेको छ भने पोखराले ४ खेल खेलेको छ । दुवै टिमलाई आजको खेल जित्नैपर्ने बाध्यता छ ।
जनकपुर जस्तै कर्णालीका लागि पनि आजको खेल प्रतिष्ठाको खेल हुनेछ । आज पराजित भएमा कर्णाली पनि बाहिरिनेछ ।
सिद्धार्थ बैँक ओके एनपीएल बजमा आज सन् १९९६ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको सदस्य सञ्जय गुरुङले एनपीएल र नेपाली क्रिकेटको विकास लगायत विषयमा कुरा गरेका छन्।
गुरुङले यश लिगले नेपाली क्रिकेटमा ठूलो माहोल बनाएको र विश्व स्तरमा पनि चर्चा फैलिएको बताए । पहिले चिसोमा बसेर हेर्नुपर्ने अहिले सिट छ । साँझको बेला काम भ्याएर पनि खेल हेर्न जान भ्याउँछ ।
एनपीएलले एउटा माहोल सिर्जना गरेको छ । गीतमा नाच्ने टिकटक बनाउने खालको छ, गुरुङले भने, ‘पछिल्लो समयदेखिएको स्ट्रेसमा एनपीएलले रिफ्रेस गराएको छ । केही व्यक्तिहरु पहिलो पटक क्रिकेट हेर्न गईरहेका छन् । हाम्रो पुस्ताले कहिल्यै कल्पना नगरेको कुराहरु भइरहेको छ ।’
गुरुङले एनपीएलमा नेपाली खेलाडीहरुको प्रदर्शन, सम्भावना देखिएको खेलाडी, पिचको व्यवहार लगायत विभिन्न विषयमा कुराकानी गरेका छन् ।
गुरुङले एनपीएलमा नेपाली खेलाडीको ब्याटिङ अर्डर सहि नहुँदा प्रदर्शन नदेखिएको बताए । साथै विदेशी खेलाडीबाट नेपाली खेलाडीले सिक्नुपर्ने र नेपाली खेलाडीहरुको प्रदर्शन राम्रो हुनुपर्नेमा जोड दिए ।
यसबारेमा कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
प्रतिक्रिया 4