News Summary
Generated by OK AI. Editorially reviewed.- बिराटनगर इन्टरनेसनल कलेजले आइतबार सोाल्टी वेस्टेन्ड, इटहरीमा वार्षिक दीक्षान्त समारोह–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ।
- यस वर्ष कलेजका ६४ जना विद्यार्थीले बीएससी इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्टमा स्नातक उपाधि प्राप्त गरेका छन्।
- इन्टरनेसनल कलेज र युनिभर्सिटी अफ वोल्भरह्याम्पटनबीचको साझेदारीले विद्यार्थीहरूको शैक्षिक यात्रा सफल भएको कलेज व्यवस्थापन टोलीले बताएको छ।
१६ मंसिर, काठमाडौं । बिराटनगर इन्टरनेसनल कलेज (बीआईसी) ले आइतबार सोाल्टी वेस्टेन्ड, इटहरीमा आफ्नो वार्षिक दीक्षान्त समारोह–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ।
कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको शैक्षिक उपलब्धी, समर्पण र कडा मेहनतलाई सम्मान गर्दै समारोह सम्पन्न गरेको हो।
यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् । तीमध्ये ५४ जना बीएससी, इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र १० बजा बीएससी, इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टमा दीक्षित भएका छन् ।
कलेजका अनुसार यी विद्यार्थीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करियर यात्रामा अघि बढ्न सक्षम बनेका छन्।
समारोहमा इनोभेट नेपाल ग्रुप (आईएनजी) का संस्थापक एवम् अध्यक्ष सुलभ बुढाथोकीले स्नातक बिद्यार्थीहरूलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न प्रेरित गरे।
कार्यक्रममा कलेजको शैक्षिक साझेदार युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधिले पनि उपस्थिति जनाउँदै विद्यार्थीको अनुशासन, प्रतिबद्धता र मेहनतको प्रशंसा गरे। उनले विद्यार्थीहरूको शैक्षिक यात्रा कलेज र विश्वविद्यालयबीचको सुदृढ साझेदारीको सफल नतिजा भएको टिप्पणी गरे।
बिराटनगर इन्टरनेसनल कलेज व्यवस्थापन टोलीले दिक्षित विद्यार्थीलाई हार्दिक बधाई दिँदै उनीहरूले नेपालको व्यवस्थापन, उद्यम, आतिथ्य सेवा तथा विश्वव्यापी अवसरको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया 4