News Summary
Generated by OK AI. Editorially reviewed.- मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारीले अभिनेता प्रदीपकुमार चौधरीको निर्देशनमा बन्ने फिल्म ‘तरंग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्ने भएका छन्।
- फिल्म ‘तरंग’ सुपरन्याचुरल लभस्टोरी जनरामा बन्नेछ र यसको छायांकन इटहरी, धरान, चितवन, पोखरा लगायत स्थानमा भइरहेको छ।
- फिल्मको बजेट २ करोड रुपैयाँ रहेको छ र यसमा रविना केसी, बारत लिम्बु, कृष्ण थापा लगायत कलाकारको पनि अभिनय हुनेछ।
काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारीले अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।
अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा बन्ने फिल्म ‘तरंग’ मार्फत उनले डेब्यू गर्नेछन् । यो फिल्मको शीर्ष भूमिकामा उनी देखिनेछन् ।
दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका अधिकारीले पहिलोपटक कथानक फिल्ममार्फत दर्शकमाझ आउन लागेकोमा उत्साह बाँडे ।
कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई फिल्ममा जोडिएको बरुणले बताए । ‘मेरो भूमिका शक्तिशाली छ । टिमको भरोसा मिहिनेतले उतार्नेछु’ उनले भने ।
आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा उनी विश्वस्त सुनिए । मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माता सुजन राई र तर्कराज जोशी छन् ।
‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुने फिल्मको छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ । छायांकन केही दिनदेखि बेलबारीमा भइरहेको छ ।
२ करोड रुपैयाँको बजेटमा बन्ने फिल्ममा रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतको पनि अभिनय हुनेछ । छायाँकार महेश पौडेल छन् ।
अभिनेता चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन् । उनी पछिल्लो पटक ‘वरिष्ठ बलराम’ मा देखिएका थिए । ‘होस्टेल रिटन्र्स’ पछि चौधरीलाई धेरैले पिके डनको रुपमा चिन्छन् ।
यो फिल्मलाई सन् २०२६ भित्र रिलिज गरिने जनाइएको छ ।
प्रतिक्रिया 4